Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले नेता जोशी एकीकृत समाजवादीमा प्रवेश,विधान महाधिवेशन पनि तमासा हो : नेपाल

एमाले नेता जोशी एकीकृत समाजवादीमा प्रवेश,विधान महाधिवेशन पनि तमासा हो : नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७८ बिहिवार • १३:३८:५५ बजे
  • 1.1K
    SHARES
  • एमाले नेता जोशी एकीकृत समाजवादीमा प्रवेश,विधान महाधिवेशन पनि तमासा हो : नेपाल

    नेकपा (एमाले)का नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् ।

    images

    एकीकृत समाजवादीमा प्रवेश गनुएअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए ।

    जोशीले अघि भने,“म इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनदेखि लाग्ने छु । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनबाट च्युत भइसकेको आरोप लगाएका छन् ।

    बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा स्वागत गर्दै उनले यही असोज १५ देखि १७ गतेसम्म गरेको पहिलो विधान महाधिवेशनलाई तमासाको संज्ञा पदएका हुन् ।

    एमालेमा कुनै विचार, सिद्धान्त र दृष्टिकोण नरहेको बताउँदै अध्यक्ष नेपालले पतनको दिशामा पुगिसकेको पनि उल्लेख गरेका छन् । “नेकपा एमाले पतनको दिशामा गइसकेको छ,” उनले भने,“अन्तिम प्रयास गर्दा पनि यो पार्टीलाई ठिक ठाउँमा ल्याउन नसकिने निष्कर्ष हामीले निकालेका थियौँ ।

    अहिले भानुभक्त कमरेडले पनि त्यही निचोड निकाल्नुभयो ।” अध्यक्ष नेपालले गोदावरीमा सम्पन्न विधान महाधिवेशनलाई पनि तमासाको संज्ञा दिए ।

    “पछिल्लो पटक एमालेले गरेको विधान महाधिवेशनको तमासाबाट यसलाई सुधार्न नसकिने भयो भनेर कमरेड भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ,” नेपालले भने,“उनीहरुले सबैतिर भ्रम फैल्याइरहेका छन् ।

    एमालेको भ्रममा बसिरहेको त्यो पंक्तिमा पनि सत्यतथ्य कुरा पुर्याउनुपर्ने आवश्यकता छ ।”

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology