Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने प्रक्षेपण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७८ बिहिवार • १५:५६:२९ बजे
  • 883
    SHARES
  • नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने प्रक्षेपण

    चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

    images

    विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस’ प्रतिवेदनमा यस वर्ष ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको छ ।

    यो वर्ष नेपालले भने ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्तीको लक्ष्य राखेको छ । प्रतिवेदनका अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा मुलुकको आर्थिक वृद्धि एक दशमलव आठ प्रतिशत मात्रै भएको छ ।

    आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको थियो । यो वर्ष समग्र दक्षिण एसियाली मुलुकले भने आर्थिक वृद्धिदरमा फड्को मार्ने विश्व बैंकको प्रक्षेपण छ ।

    दक्षिण एसियाको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने छ । सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशत योगदान रहने छ ।

    भारतको ७.५ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने देखिएको छ ।

    बंगलादेशले भने ६.४ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ । सबैभन्दा कम श्रीलंकाको २.१ प्रतिशत मात्र रहने देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology