Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीलाई, कांग्रेसलाई कानून मन्त्रालय

स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीलाई, कांग्रेसलाई कानून मन्त्रालय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७८ बिहिवार • २०:२५:०८ बजे
  • 1.1K
    SHARES
  • स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीलाई, कांग्रेसलाई कानून मन्त्रालय

    नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएको छ ।

    images

    मन्त्रालय भागबन्डाबारे समाजवादीका नेताहरुले असन्तुष्टि जनाएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य दिने सहमति भएको हो ।

    अब समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ । मन्त्रालय भागबन्डामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो ।

    यसघि नेकपा (एस)लाई रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने सहमति भएको थियो ।

    मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाबारे छलफल भइ लगभग सहमति भएको थियो ।

    त्यसक्रममा नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ७, नेकपा (माओवादी केन्द्र)ले ६ र जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीले ४/४ वटा मन्त्रालय पाउने गरी कुराकानी भएको थियो । 

    आफ्नो भागमा थोरै मन्त्रालय भाग लगाएको भन्दै माधव नेपालले पनि असन्तुष्टि जनाएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology