नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।
पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको हो । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने बताए ।
बैठकले चार पदाधिकारी मनोनयन गरेको उनले जानकारी दिए । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरेको छ ।
कमिटीले मन्त्री छान्ने भन्न नथाक्ने माधव नेपाल अध्यक्ष भएपछि आफैँले लिए :शंकर पोखरेल
नेकपा (एमाले)का नेता शंकर पोखरेलले नवगठित नेकपा (एकीकृत समाजवादी)ले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको भन्दै टिप्पणी गरेका छन् ।
बिहीबार बसेको एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष नेपाललाई मन्त्रीको नाम टुंगो लगाउने जिम्मा दिएपछि एमाले नेता पोखरेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।
पूर्वमुख्यमन्त्रीसमेत रहेको पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“केपी ओली अध्यक्ष भएका बेला मन्त्री छान्ने अधिकार कमिटीको हो भनी नथाक्ने माधव नेपाल आफू अध्यक्ष भएसी त्यो अधिकार आफैँसँग राख्नुभएछ।”