Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

३ महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउँ,थपिएका मन्त्रीको आजै शपथ

३ महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउँ,थपिएका मन्त्रीको आजै शपथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७८ शुक्रवार • ०८:५२:५९ बजे
  • 994
    SHARES
  • ३ महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउँ,थपिएका मन्त्रीको आजै शपथ

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ३ महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउँदै छ।

    images

    सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने निश्चित भएको हो ।

    सरकारमा थपिएका मन्त्रीहरूले आज शपथ खाँदै छन्। बिहीबारको सहमतिबमोजिम आज ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र अपराह्न ४ बजे शपथ समारोह हुने भएको बालुवाटार स्रोतले जनाएको छ।

    सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाएका छन्।

    साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक/एक जना राज्यमन्त्री पनि पाएका छन्।

    गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई बाहिरबाटै सहयोग गर्ने भएको हो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology