Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी,अन्य कुन नेताले कुन मन्त्रालयको जिम्मेवारी पाउँदैछन् ?

एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी,अन्य कुन नेताले कुन मन्त्रालयको जिम्मेवारी पाउँदैछन् ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७८ शुक्रवार • ०९:१०:५२ बजे
  • 871
    SHARES
  • एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी,अन्य कुन नेताले कुन मन्त्रालयको जिम्मेवारी पाउँदैछन् ?

    नेकपा (एकीकृत समाजवादी) ले मन्त्री हुनेहरूको नाम टुंग्याएको छ। एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री हुँदैछन भने भवानी खापुङ राज्यमन्त्री हुने पक्का भएको छ ।

    images

    पार्टीबाट मन्त्री हुनेहरूको अन्तिम टुंगो लगाइएको नेकपाका एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ‘हिजो अबेरसम्म नेताहरूको छलफलले मन्त्रीको नाम टुंगो लागेको हो।

    आजै सपथ गर्ने तयारी छ ।’ एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस एक नेताले भने, ‘सपथ नगर्दासम्म कुनै परिवर्तन भयो भने अर्कै कुरा हो। तर अहिलेसम्म हाम्रो पार्टीबाट मन्त्री हुनेहरूको सूची यही हो।’ पछिल्लो निर्णय अनुसार खतिवडा सहरी विकास मन्त्री हुँदैछन्।

    मकवानपुरबाट निर्वाचित खतिवडा एकीकृत समाजवादीबाट मन्त्री हुनेमध्ये सबैभन्दा पुराना नेता हुन्। उनी २०४८, ०५१, ०५६ र ०७४ गरी ४ पटक सांसद निर्वाचित भइसकेका छन्। झाँक्रीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन्।

    विद्यार्थी आन्दोलनबाट स्थापित झाँक्री एकीकृत समाजवादीकी सचिवसमेत हुन्। नेकपा एमालेमा अन्तरसंघर्ष हुँदादेखि पार्टी गठनसम्म झाँक्रीले माधव नेपाललाई बलियो साथ दिंदै आएकी छिन ।

    झाँक्री अनेरास्ववियुको अध्यक्षसमेत भएकी थिइन्। उनी अनेरास्ववियुको अध्यक्ष बन्ने पहिलो महिलासमेत हुन्। त्यसैगरी आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

    आले २०७० सालमा समेत सांसद बनेका थिए। २०७७ पुस १० गते बनमन्त्री बनेका आले २०७८ जेठमा हटाइएका थिए। मन्त्रीबाट हटेपछि ओलीसँग असन्तुष्ट बनेका आलेले माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका थिए ।

    २०७४ को निर्वाचनभन्दा अघि आले नेपाल समूहमै थिए। २०७१ को नवौं महाधिवेशनमा आले नेपाल समूहबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यस्तै श्रेष्ठले श्रममन्त्रीको जिम्मेवारी पाउने भएका छन्।

    तनहुँबाट निर्वाचित सांसद श्रेष्ठ २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका हुन्। ओलीसँग नजिक रहेका श्रेष्ठ २०७७ वैशाख ९ गते तत्कालीन समाजवादी फोरमका सांसद ‘अपहरण’ प्रकरणमा मुछिएका थिए। एमाले सांसद महेश बस्नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र श्रेष्ठ लकडाउनको बेलामा महोत्तरी पुगेका थिए।

    ओलीले मन्त्री नबनाएपछि श्रेष्ठ नेपालसँग नजिकिएका हुन्। त्यसैगरी तेह्रथुमबाट निर्वाचित सांसद भवानी खापुङ राज्यमन्त्री बन्ने भएकी छन । उनको मन्त्रालय भने टुंगो लागिसकेको छैन।

    उनलाई स्वास्थ्य या पर्यटन राज्यमन्त्रीमध्ये एक बनाउने तयारी रहेको एकीकृत समाजवादीका एक नेताले बताएका छन।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology