Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेको लोगोप्रति माओवादी केन्द्रको आपत्ति, कानुनी उपचार खोज्ने

एमालेको लोगोप्रति माओवादी केन्द्रको आपत्ति, कानुनी उपचार खोज्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७८ शुक्रवार • ०९:१७:५४ बजे
  • 781
    SHARES
  • एमालेको लोगोप्रति माओवादी केन्द्रको आपत्ति, कानुनी उपचार खोज्ने

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) को परिमार्जित लोगोप्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ ।

    images

    आफ्नो पार्टीको चुनाव चिह्नसँग मिल्दोजुल्दो भएकाले त्यसविरुद्ध कानुनी उपचार खोज्नेसमेत माओवादी केन्द्रले जनाएको छ ।

    एमालेले विधान महाधिवेशनमा सूर्य चिह्नभित्र सुनौलो रङको हँसिया हथौडा राखेर लोगो सार्वजनिक गरेको थियो ।

    माओवादी केन्द्रका नेता देव गुरुङले त्यो चिह्न आफूहरूसँग मेल खाने भएकाले कानुनी उपचार खोज्न निर्वाचन आयोगमा जाने बताए ।

    माओवादीको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा रहेको छ ।

    समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    उपेन्द्र यादव सरकारमा नजाने


    जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव मन्त्री नबन्ने भएका छन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नराख्ने भएपछि यादव सरकारमा नजाने पक्का भएको हो ।

    यादव मन्त्री नबन्ने भएसंगै जसपाका नेताहरूबीच मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाममा अनौपचारिक टुंगो लागेको छ ।

    जसपाका एक नेताका अनुसार मन्त्री पद खानेहरुमा राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद शाह रहेका छन्।

    जसपाबाट मन्त्री बन्ने चारैजनाले कुन कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो भने लागिसकेको छैन। गठबन्धनका दलहरूबीच जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएको थियो।

    ‘मन्त्रीहरूको नाम लगभग टुंगिएको छ। औपचारिक नाम सार्वजनिक हुन बाँकी छ ।’ जसपाका एक नेताले भने ।

    जसपा कार्यकारिणी समितिको बैठकले मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology