Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादी पार्टी र जीवन राईको पार्टी एकीकरण, ८ बुँदे सहमति

एकीकृत समाजवादी पार्टी र जीवन राईको पार्टी एकीकरण, ८ बुँदे सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७८ शुक्रवार • १६:२४:२० बजे
  • 673
    SHARES
  • एकीकृत समाजवादी पार्टी र जीवन राईको पार्टी एकीकरण, ८ बुँदे सहमति

    माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत एकीकरण भएको घोषणा भएको छ ।

    images

    नेपाल र राईले संयुक्त वक्तव्य जारी गर्दै दुबै पार्टी एकीकरण भएको जानकारी दिएका हुन् ।

    असोज ६ गते नै दुई पार्टीबीच सहमति भएपनि सम्झौतापत्र आजमात्रै सार्वजनिक गरिएको हो । ८ बुँदे सहमतिअनुसार अब एकीकृत पार्टीको चुनाव चिन्ह कलम रहने भएको छ ।

    राईले तत्कालीन नेकपामा विवाद चर्किएपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए ।

    राई सुरुदेखि नै माधव नेपाल निकट मानिन्थे । कतिपयले नेपालकै सल्लाहमा राईले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको टिप्पणी गर्दै आएका थिए ।

    MA1.jpg

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology