Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हवाई उडान

हवाई उडान भदौ १ गतेदेखि नखोल्ने सिसिएमसीको निर्णय

हवाई उडान भदौ १ गतेदेखि नखोल्ने सिसिएमसीको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७७ सोमवार • ०८:३६:०२ बजे
  • 1.9K
    SHARES
  • हवाई उडान भदौ १ गतेदेखि नखोल्ने सिसिएमसीको निर्णय
    कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी)ले भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्ने निर्णय गरेको छ ।

    आइतबार बसेको बैठकले कम्तिमा १५ दिनका लागि लामो दूरीको गाडी र हवाई उडान नखोल्ने निर्णय गरेको सिसिएमसीले जनाएको छ । कोरोना भाइरसको जोखिम थप बढेको भन्दै सिसिएमसीले यस्तो निर्णय गरेको हो । सिसिएमसीको निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि लागू हुनेछ । यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो ।

    अब विद्यालय भर्ना लगायतका शैक्षिक गतिविधि पनि तत्काल नखुल्ने भएको समितिका एक सदस्यले जानकारी दिए । सिसिएमसीले बैंक तथा वित्तिय संस्थामा ५० प्रतिशत कर्मचारीबाट काम चलाउन र बाँकीलाई १५/१५ दिनमा आलोपालो गर्नका लागि पनि सिफारिस गरेको छ । बैठकले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा थप कडाइ गर्न र भारतबाट आवात जावत हुने विन्दु जम्मा १० वटा तोक्नका लागि पनि सिफारिस गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँले जानकारी दिए ।

    बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेरमात्र निस्किनका लागि आग्रह गरेको गुरागाईँले जानकारी दिए । काठमाडौं उपत्यकामा सार्वजनिक गाडी केहीदिन बन्द गर्ने विषय पनि भोलि बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउनेछ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology