नवनियुक्त सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहरी विकासको क्षेत्रमा देखिएका नीतिगत समस्याहरू समस्याहरू समाधान गर्ने बताएकी छिन् । सपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी झाँक्रीले सो बताएकी हुन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर झाँक्रीले कार्यभार सम्हालेकी हुन् ।
पदभारपछि आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले मन्त्रालयका योजनाका लागि स्रोतको सुनिश्चितता गर्नुपर्ने बताएकी छिन् ।
रामकुमारी झाँक्रीलाई सामाजिक सञ्जालमा सुझाव : काम गर्ने दिन आए, गरेर देखाउनूस
नेकपा एसकी युवा नेतृ रामकुमारी झाँक्री सहरी विकासमन्त्रीमा नियुक्त भएकी छन् । उनी मन्त्री भएसँगै सामाजिक सञ्जालमा निकै चर्चा चलेको छ । कसैले झाँक्रीलाई बधाई दिएका छन् कसैले सुझाव दिएका छन् ।
टीकटकमा समेत सक्रिय मानिने नेतृ झाँक्री मन्त्री भएपछि फेसबुक र टीकटक दुबैमा चर्चा चलेको छ । उनै झाँक्री हुन् जसले तत्कालिन नेकपामा रहँदा मुखमा पट्टी बाँधेर बोल्न पाइने भन्दै आन्दोलनमा भाषण दिएकी थिइन् ।
विद्यार्थी नेतृ हुँदा सडक आन्दोलनमा समेत चर्चित नेतृ पहिलोपटक मन्त्रीमा नियुक्त भएकी हुन् । यस्तोमा सामाजिक संजालमा झाँक्रीलाई अब बोल्नेभन्दा काम गरेर देखाउन चुनौतिसहितका सुझाव आएका छन् ।
टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तले झाँक्रीलाई यस्तै सुझाव दिएका छन् । फेसबुकमार्फत उनले झाँक्रीलाई बधाइ पनि दिएका छन् ।
पन्तले लेखेका छन्, ‘मुखमा पट्टी बाँधेर बोल्न पाइन्छ भन्ने दिन गए, काम गर्ने दिन आए, गरेर देखाउनु होला। युवा नेतृ भएकै कारण हाम्रो नजर तपाईं माथि रहिरहन्छ।’