Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मेरो नाम अन्तिममा किन काटियो त्यो नै बुझ्न सकेको छैन,यो प्रवृत्ति र कार्यशैलीले पार्टीमा ठुलो क्षति पुग्छ :प्रमोद साह

मेरो नाम अन्तिममा किन काटियो त्यो नै बुझ्न सकेको छैन,यो प्रवृत्ति र कार्यशैलीले पार्टीमा ठुलो क्षति पुग्छ :प्रमोद साह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७८ शनिवार • १०:२६:४८ बजे
  • 844
    SHARES
  • मेरो नाम अन्तिममा किन काटियो त्यो नै बुझ्न सकेको छैन,यो प्रवृत्ति र कार्यशैलीले पार्टीमा ठुलो क्षति पुग्छ :प्रमोद साह

    बिहीबार बेलुकी सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डाको टुंगो लागेपछि जनता समाजवादी पार्टी (जसपा)ले शुक्रबार विहानै पार्टीबाट सरकारमा सहभागी हुने नेताहरूको नाम टुंगो लगायो ।

    images

    नेताहरूले मन्त्री छान्ने जिम्मा पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि अध्यक्षद्वयले चार जना मन्त्रीको नाम टुंगो लगाउदा त्यसमा एक जना प्रमोद साहको नाम पनि थियो ।

    मन्त्री बन्नेहरूको नाम टुंग्याएर भट्टराई शुक्रबार बिहानै गृहजिल्ला गोरखा लागे । बिहानभर सञ्चारमाध्यममा साहलाई कृषि तथा पशुपन्छी विकास मन्त्री बनाउने शीर्ष नेताहरूले सहमति गरे भनेर समाचारहरू आए ।

    शीर्ष नेताहरूको सो निर्णयलगत्तै उनलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई दिन सुरु गरे । मन्त्रीको सूचीबाट नाम काटिएपछि साहले सामाजिक सञ्जालमा पार्टी पुनर्गठन र सशक्त बनाउने कुरामा आफ्नो भूमिका, सक्रियता र योगदानका कारण पार्टी शीर्ष नेतृत्वले सही मूल्यांकन गरेको भन्ने लागेको भएपनि एकाएक नाम काटिदा आश्चर्य लागेको लेखेका छन् ।

    सञ्चारमाध्यमबाट फोन र म्यासेजबाट बधाई तथा शुभकामना लिँदैगर्दा दिउँसो राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद्ले पूर्णता पाएको नामावली सार्वजनिक भयो ।

    त्यसमा भने साहको ठाउँमा महेन्द्रराय यादवको नाम आयो । ‘मन्त्री नबनाउनु थियो भने किन मेरो नाम बिहानैदेखि सार्वजनिक गरियो ?, सुरुमा नाम राख्ने अनि पछि हटाएर मेरो मानमर्दन गर्ने काम नेतृत्वबाट भयो’, साहले भने, ‘सबै जातजातिको साझा पार्टी बनाउँछु भन्ने तर व्यवहारमा एकल जातीय पार्टी बनाउन खोजियो ।’

    जसपा फुट्दा सात जना सांसद्सहित यादवको पक्षमा लागेका साहसहितका कसैले पनि मन्त्री बन्ने अवसर पाएनन् । ‘यादवसँग १२ जना सांसद थिए मैले सात जना ल्याएर १९ पुर्‍याएको हुँ’, साहले भने, ‘पार्टीलाई यहाँसम्म ल्याएपुर्‍याउन गरेको योगदानको मुल्यांकन भएन, किन यस्तो भयो जबाफ मागिन्छ ।’

    आफूले पटक–पटक फोन गर्दा पनि अध्यक्षले फोन नउठाएको उनले बताए । किन काटियो नाम ? सुरुदेखि नै सरकारको नेतृत्व जसपामा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले गर्ने कि अर्का सदस्य महेन्द्रराय यादवले गर्ने भन्ने कुरामा विवाद थियो ।

    शीर्ष नेताहरूको छलफलमा श्रेष्ठले नेतृत्व गरेर जाने भएपछि यादव मन्त्री हुनबाट पछि हटेका थिए । यादव र साह दुवै जना सर्लाहीका हुन् । दुवै जनाले महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादवलाई साथ दिएका थिए । महेन्द्रराय यादवले भने सुरुदेखि नै ठाकुरको साथ छाडेर यादवलाई साथ दिँदै आएका थिए ।

    तत्कालीन समाजवादी पार्टी र राजपा एकीकरण हुने वित्तिकै महेन्द्रराय यादव उपेन्द्र यादवको साथमा गएका थिए । पछिल्लो समय महन्थ ठाकुरले आफ्ना पक्षबाट तत्कालीन ओली नेतृत्वको सरकारमा १० जना मन्त्री पठाउँदा प्रमोद साहलगायतका सांसद्को नाम गएको थिएन ।

    त्यसबाट साह असन्तुष्ट थिए । त्यसपछि उनीसहित सातजना सांसद्हरूले उपेन्द्र यादवलाई साथ दिएका थिए । आधिकारिकताका लागि निर्वाचन आयोगमा विवाद चलिरहँदा साहलगायतले उपेन्द्र यादवलाई साथ दिएका थिए ।

    प्रमोद साहकै कारण उपेन्द्र यादवको पक्षले बहुमत प्राप्त गरेको थियो । उनलाई मन्त्री बनाउने आश्वासन पनि दिइएको थियो । तर, अन्तिममा नाम काटियो ।

    ‘मेरो नाम अन्तिममा किन काटियो त्यो नै बुझ्न सकेको छैन’, साहले भने, ‘ममाथि ठुलो अन्याय भएको छ त्यसको जवाफ आजै लिन्छु ।’ उनले अध्यक्षद्वयको यो प्रवृत्ति र कार्यशैलीले पार्टीमा ठूलो क्षति पुग्ने समेत बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology