Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उड्डयन

उड्डयन क्षेत्रमा १० अर्ब घाटा

उड्डयन क्षेत्रमा १० अर्ब घाटा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७७ सोमवार • ०८:४०:०९ बजे
  • 1.6K
    SHARES
  • उड्डयन क्षेत्रमा १० अर्ब घाटा
    कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ नोक्सान बेहोर्नु परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रगति विवरण अनुसार प्राधिकरणको आम्दानी साढे चार अर्ब रुपियाँले घटेको छ । गत आवमा नियमित र विमानस्थल विकास शुल्कबापत १० अर्ब ५४ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा बन्दाबन्दीका कारण प्राधिकरणको आम्दानी पाँच अर्ब ९६ करोडमा सीमित भएको छ ।

    यो प्राधिकरणको लक्ष्यभन्दा ४३ प्रतिशतले कम हो । प्राधिकरणले गत आवमा अवतरण, पार्किङ, नेभिगेसन, भाडाजस्ता शुल्कबाट गर्ने नियमित आम्दानी चार अर्ब ६१ करोड रुपियाँ पुगेको छ । जब कि यी शीर्षकबाट प्राधिकरणले आठ अर्ब ३३ करोड १३ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो ।

    त्यस्तै विमानस्थल विकास शुल्कबापत प्राधिकरणले एक अर्ब ३४ करोड ७७ लाख आम्दानी गरेको छ । यो शीर्षकमा प्राधिकरणले दुई अर्ब २१ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य तय गरेको थियो । प्राधिकरणबाहेक वायुसेवा कम्पनीको आम्दानी निकै खुम्चिएको प्रक्षेपण नियामक निकायले गरेको छ । वायुसेवा कम्पनीले बन्दाबन्दीका कारण छ अर्ब रुपियाँ आम्दानी गुमाएको प्रक्षेपण प्राधिकरणको छ । उक्त समाचार आजको गारखापत्रमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology