Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गैरसांसदलाई मन्त्री बनाउनु लोकतन्त्र मास्ने षडयन्त्र

गैरसांसदलाई मन्त्री बनाउनु लोकतन्त्र मास्ने षडयन्त्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७८ शनिवार • १०:४०:५६ बजे
  • 955
    SHARES
  • गैरसांसदलाई मन्त्री बनाउनु लोकतन्त्र मास्ने षडयन्त्र

    संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् ।

    images

    देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा प्रधानन्यायधीश चोलेन्द्रशमसेर जबराको कोटाबाट गैरसांसद रहेका राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि सर्वत्र विरोध भएको छ ।

    प्रधानमन्त्रीको यस्तो कार्यले लोकतन्त्र समाप्त हुन सक्ने चेतावनी समेत नागरिक अगुवा र कानूनविद्हरूले दिएका छन् ।

    प्रधानमन्त्री देउवाको सो कार्यको उनकै पार्टी कांग्रेसभित्र समेत तीव्र विरोध र आलोचना भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाको सो कार्यको पार्टीकै वरिष्ठ नेताहरूले तीव्र विरोध गरेका हुन् ।

    कांग्रेस नेताहरूले गैरसांसदलाई मन्त्री बनाउने कार्यको विरोध मात्रै गरेका छैनन्, आफ्नै सभापतिको त्यस प्रकारको गलत कार्यले लोकतन्त्र मासिन सक्ने खतरासमेत औंल्याएका छन् ।

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शुक्रवार एक कार्यक्रममा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशलाई भाग दिएर लोकतन्त्र र प्रजातन्त्र समाप्त पार्ने खेल गरिरहेको आरोप लगाए ।

    विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मन्त्रिपरिषदमा भाग दिएर शक्ति सन्तुलनको सिद्धान्त बिगारिएको र त्यसको प्रभाव लोकतन्त्र र प्रजातन्त्रमा पर्ने बताए ।

    प्रधानन्यायाधीशलाई मन्त्रिमण्डलमा हिस्सा दिँदा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन समाप्त भएर जाने कोइरालाको दाबी छ ।

    ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलन बिगारेर प्रधानमन्त्री देउवाले प्रजातन्त्र समाप्त पार्ने खेलमा लागेका छन्,’ कोइरालाले भने ।

    समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology