Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालीलाई बिचल्ली पार्ने दलालहरु होसियार रहनू :श्रममन्त्री श्रेष्ठ

नेपालीलाई बिचल्ली पार्ने दलालहरु होसियार रहनू :श्रममन्त्री श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७८ शनिवार • २०:१२:५५ बजे
  • 1.4K
    SHARES
  • नेपालीलाई बिचल्ली पार्ने दलालहरु होसियार रहनू :श्रममन्त्री श्रेष्ठ

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले सोझा नेपालीलाई वैदेशिक रोजगारको बहानामा विदेश लगेर बिचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिएका छन् ।

    images

    मन्त्रालयको कार्यभार सम्हालेको दोस्रो दिन शनिबार गृह जिल्ला आएका मन्त्री श्रेष्ठले गर्जदै भने, ‘श्रम मन्त्रालय भन्ने वित्तिकै बद्नाम छ ।

    वैदेशिक रोजगारीको सिलसिलामा विदेश लाने बहानामा विशेषगरी महिला दिदीबहिनीहरुको अस्मिता लुटिनेदेखि बिचल्ली पार्ने धेरै सुनेका छौं । खबरदार ! अब नेकपा समाजवादीको तर्फबाट किसान श्रेष्ठ श्रम मन्त्री भएर आएको छ । त्यस्ता दलालहरु होसियार ! अब त्यस्ता दिन आउने छैन ।’

    सोझासाझा नेपालीलाई ठग्ने दलालहरुको दिन गएको उनको दाबी छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले रोजगारी गुमाएर स्वदेश फर्किएका करिब १५ लाख युवालाई रोजगारीको अवसर दिने मन्त्री श्रेष्ठको भनाइ छ ।

    उनले गृह जिल्लाका बेरोजगार युवा र श्रमिकका लागि विशेष प्याकेज ल्याएर रोजगारीको बाढी ल्याउने उद्घोष गर्नसमेत भ्याए । उनले पदको लागि नभएर आफूले सर्वोच्च अदालतको सम्मान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताए ।

    अगाडि थप्दै भने, ‘विश्वासको मत दिँदा किसान श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्‍यो पनि भने, गद्धार भने । आफ्नै पार्टी फुटाउन सर्वोच्चमा हस्ताक्षर गर्नेहरु गद्धार नहुने, किसान श्रेष्ठ श्रेष्ठ कसरी गद्धार भयो रु’ दुई पटकसम्म संसद विघटन गर्ने गद्धार भएको उनको भनाइ थियो ।

    नेकपा एकीकृत समाजवादी पार्टी तनहुँले दशैँतिहारको अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले संविधान जोगाएर सर्वोच्चको फैसलाको सम्मान गर्दा क्याविनेट मन्त्री भइन्छ भने किन नहुने भन्दै प्रश्न गरे ।

    ‘क्याबिनेट मन्त्री हुँदा कल्ले हुन्न भन्छ र ? मन्त्री हुने हो यहीँ ठाउँको विकास गर्ने हो । तर मन्त्री खान गएको हैन । मन्त्री पद नै पछि लाएर आएपछि के गर्ने ?’ उनले प्रश्न गरे । केपी ओलीको प्रवृत्तिको विरुद्धमा विद्रोह गर्नुपर्ने स्थिति आएकाले पार्टी विभाजन गर्नपरेको उनको दाबी थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology