Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीलाई प्रचण्डको चेतावनी : आफु र आफुनो पार्टीविरुद्ध अझै चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर निकालिदिन्छु !

ओलीलाई प्रचण्डको चेतावनी : आफु र आफुनो पार्टीविरुद्ध अझै चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर निकालिदिन्छु !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७८ शनिवार • २०:२१:२६ बजे
  • 1.7K
    SHARES
  • ओलीलाई प्रचण्डको चेतावनी : आफु र आफुनो पार्टीविरुद्ध अझै चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर निकालिदिन्छु !

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफु र आफुनो पार्टीविरुद्ध अझै चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका छन् ।

    images

    शनिबार पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनमा बोल्दै प्रचण्डले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएको बताए ।

    ‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पु¥याएको हो अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ’, प्रचण्डले भने ।

    ‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिदैछ । अब पनि चलखेल गर्नखोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’

    प्रचण्डले हिन्दीमा भाषण गरेका थिए । उनले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको पनि बताए । ‘मधेसी जनता मेरा प्रेमिका हुन् कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन् । 

    म निरन्तर तपाईहरुकै अधिकारका लागि लडिरहेको छु’, प्रचण्डले भने । मधेसको प्रमुख समस्या नागरिकता रहेको पनि प्रचण्डले बताए ।

    उनले त्यो समस्या केही हप्तामै समाधान हुने पनि आश्वासन दिए । तराई मधेसको अर्को समस्या सुकुम्बासी र भूमिहीन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्ला तहमा आयोग गठन गरेर चुनावअघि पूर्जा वितरण गर्ने पनि प्रचण्डको भनाई थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology