नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाँदैछन ।
गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा आज पोखरा जान लागेका हुन । प्रधानमन्त्री देउवाको निजी सचिवालयले जानकारी गराए अनुसार देउवा आज विहान १०ः३० बजे पोखरा विमानस्थलमा अवतरण हुनेछन ।
त्यसलगत्तै विहान ११ बजे पोखराको सभागृहमा आयोजनाा हुने गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवा आजै दिउँसो ३ बजे पोखरा १७ मा आयोजना गरिएको चियापाान कार्यक्रममा सरिक हुने तय भएको छ ।
त्यसैगरी आजै साँझ ५ बजे राष्ट्रबैंक गेष्ट हाउसमा कार्यकर्तासँग प्रधानमन्त्री देउवाले भेटघाट गर्दैछन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय बिमानस्थलको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएकाे छ ।