Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७८ आइतवार • ०९:५९:०० बजे
  • 1.1K
    SHARES
  • विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

    बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन् ।

    images

    प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी हुन् ।

    आज दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दैछ । सोही अधिवेशनमा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन लागेकी हुन् ।

    १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् ।

    प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ। प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् ।

    गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन् ।

    यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मात्र पुग्छ ।

    जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ। बागमतीमा नेकपा एकीकृत समाजवादीबाट नयाँ मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको तयारी छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology