Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा ६ करोड २१ लाख बढी ‘भ्यूज’

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा ६ करोड २१ लाख बढी ‘भ्यूज’

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २६, २०७७ सोमवार • ११:०१:०८ बजे
  • 2.1K
    SHARES
  • लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा ६ करोड २१ लाख बढी ‘भ्यूज’
    बागलुङ - लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महीना पुग्दैछ।  यस बीचमा गीतको म्यूजिक भिडिओले युट्युबमा ६ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ।  

    सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ। सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो। चार महीना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो। गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर भरेका छन्। युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिएका छन्। स्रोता र दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो। अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ। पछिल्लो एक महीनामा झण्डै दश लाख पटक हेरिएको छ। “स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो”, सङ्गीतकार थापाले भने। झ्याउरे लयमा ठेट जनजीब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ।

    कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ। म्युजिक भिडिओ नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ। निर्देशन शिव विकले गरेका छन्। हाल अमेरिकामा रहेका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ। “मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो”, उनले भने।      
    गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिए। उनको साङ्गीतिक जीवनको मानक गीतका रूपमा सालको पातलाई सधैँ सम्झिने छ। अभ्यास डिजिटल म्यूजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो
    रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology