Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत ,यसकारण मैले मन्त्री पदबाट राजीनामा दिएँ : गजेन्द्र हमाल

आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत ,यसकारण मैले मन्त्री पदबाट राजीनामा दिएँ : गजेन्द्र हमाल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २४, २०७८ आइतवार • १२:३०:०५ बजे
  • 1.4K
    SHARES
  • आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत ,यसकारण मैले मन्त्री पदबाट राजीनामा दिएँ : गजेन्द्र हमाल

    पोखरा । मन्त्री पदको सपथ लिएको तीन दिनमै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत भएको छ।

    images

     

    प्रधानमन्त्रीको सचिवालयका अनुसार हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्न अनुरोध गरेका थिए। प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएको सचिवालयले स्पष्ट पारेको छ।

    विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्हरूले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गरेको बताएका छन् ।

    ‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरूमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु, हमालले राजीनामापत्रमा भनेका छन्, हाल विभिन्न सञ्चारमाध्यमहरूमा सम्प्रेषित समाचार तथा कानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौँसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तका लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ। तर, पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाबीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि हमालले आज बिहान मात्र राजीनामा दिने बताएका थिए। उनको राजीनामा प्रधानमन्त्री देउवाले आज नै स्वीकृत गरेका हुन्।

    कांग्रेस नेताहरूका अनुसार हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन्। उनी २०२७ सालदेखि कांग्रेसका विभिन्न पदमा बसेर काम गरिसकेका नेता हुन्।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology