Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जनपक्षिय काम गर्न मन्त्रीहरुलाई अध्यक्ष नेपालको निर्देशन

जनपक्षिय काम गर्न मन्त्रीहरुलाई अध्यक्ष नेपालको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७८ आइतवार • १२:३९:४६ बजे
  • 1.1K
    SHARES
  • जनपक्षिय काम गर्न मन्त्रीहरुलाई अध्यक्ष नेपालको निर्देशन

    नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई छलफलका लागि बोलाएका छन् ।

    images

    जनपक्षिय काम गर्न निर्देशन दिनका लागि आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई छलफलका लागि बोलाएका हुन् ।

    एक मान्त्रीका अनुसार अध्यक्ष नेपालले मन्त्रीहरुलाई विहान ११ बजेका लागि बानेश्वर आलोक नगरस्थित पार्टी कार्यालयमा छलफलका लागि बोलाएका हुन् ।

    अध्यक्ष नेपालले शनिबार काभ्रेको बनेपामा पार्टी कार्यालयको उद्घाटन गर्दै मन्त्रीहरुले अनुचित कार्य गरे क्षम्य नहुने चेतावनी दिएका थिए ।

    उनले गलत कार्य गर्ने मन्त्रीहरुलाई जिम्मेवारी खोसिने समेत बताएका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले शुक्रबार मात्रै पूर्णता पाएको थियो । जसमा एकीकृत समाजवादीले एक राज्यमन्त्रीसहित ५ मन्त्री पाएको छ ।

    जसमा स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, सहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् ।

    त्यस्तैगरी स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङलाई पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology