Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७८ आइतवार • १३:०८:०७ बजे
  • 904
    SHARES
  • सुनको मूल्य बढ्यो

    आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँ कायम भएको हो ।

    images

    यसैगरी, महासंघले तेजाबी सुनको मूल्य तोलाको ९० हजार २ सय ५० रुपैयाँ निर्धारण गरेको छ ।

    गत शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार १ सय ५० रुपैयाँ रहेको थियो ।

    महासंघले आइतबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ७ सय ६० रुपैयाँ कायम गरेको छ भने तेजाबी प्रति १० ग्राम ७७ हजमर ३ सय ३५ रुपैयाँ कायम गरेको छ ।

    यता, चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार एक सय ७५ रुपैयाँ कायम भएको छ ।

    शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार एक सय ७० रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार सात रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology