Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री देउवाले गरे गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा

प्रधानमन्त्री देउवाले गरे गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २४, २०७८ आइतवार • १३:४३:२४ बजे
  • 1.1K
    SHARES
  • प्रधानमन्त्री देउवाले  गरे गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेका छन ।

    images

     

    आइतबार पोखरामा गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए । संघीयताको कार्यान्वयनबाट छिटो–छरितो विकासका काम अघि बढाउन सकिने उनको भनाइ थियो ।

    त्यसक्रममा उनले गण्डकी विद्वानहरुको उद्गमस्थल रहेको बताउँदै शिक्षा पाउनु सबैको अधिकार भएको बताएका छन्। 'गण्डकी विद्वानहरुको उद्गमस्थल हो। शिक्षा नागरिकको मौलिक हक हो। सबै नागरिकलाई साक्षरता र शिक्षाका लागि अवसरहरु सुनिश्चित गर्नु राज्यको प्रमुख कर्तव्य हो' उनले भने।

    सरकारले दायित्व बोध गरेर शिक्षाको समान अवसर र गुण्स्तर विस्तार गर्न लागेको देउवाले बताए।

    देउवाले भने, ' सरकारले शिक्षालाई क्रमश अनिवार्य र नि:शुल्क गर्दै जाने नीति तथा कार्यक्रम अवलम्बन गर्दै आएको छ। देउवाले प्रजातन्त्रको खिलाफमा कसैले पनि सोच्न नहुने बताए । वर्तमान राजनीतिक व्यवस्थाप्रति जनता असन्तुष्ट नभएको देउवाको संकेत थियो । “जनताले भोटबाट देखाउँछ भन्छन्, प्रजातन्त्रको विकल्प प्रजातन्त्रै हो ।

    सबैले सुने हुन्छ, यसको विकल्प कोही हुन सक्दैन,” उनले भने, “कसैले प्रजातन्त्रको खिलाफमा नसोचे हुन्छ ।” प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology