Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुख्यमन्त्री शाक्यले गरिन् विश्वासको मत लिने प्रस्ताव पेस

मुख्यमन्त्री शाक्यले गरिन् विश्वासको मत लिने प्रस्ताव पेस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७८ आइतवार • १८:५६:१८ बजे
  • 562
    SHARES
  • मुख्यमन्त्री शाक्यले गरिन् विश्वासको मत लिने प्रस्ताव पेस

     बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभाको बैठकमा टेबल गरेकी छन् । आइतबारको बैठकमा उनले प्रस्ताव टेबल गरेकी हुन् ।

    images

    प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।

    मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक प्रावधान छ ।

    सोही प्रावधानअनुसार विश्वासको मतको प्रस्ताव पेस गरेको शाक्यले बताइन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्ने प्रस्ताव पेस गरेपछि प्रदेश सभाको बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

    बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि नेकपा एमाले बागमती प्रदेश संसदीय दलकी नेता शाक्य मुख्यमन्त्री भएकी थिइन् ।

    प्रदेशसमा एमालेको स्पष्ट बहुमत हुँदा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology