Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बुटवलको मोतीपुरमा सशस्त्र प्रहरीको गो’ली लागेर ४ जनाको मृ’त्यु

बुटवलको मोतीपुरमा सशस्त्र प्रहरीको गो’ली लागेर ४ जनाको मृ’त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २४, २०७८ आइतवार • २३:०९:३६ बजे
  • 994
    SHARES
  • बुटवलको मोतीपुरमा सशस्त्र प्रहरीको गो’ली लागेर ४ जनाको मृ’त्यु

    बुटवल । आइतबार रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झ’डपमा परि घाइते भएका चार जना मृ’त्यु भएको छ ।मोतीपुर औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गो’ली लागेर ४ जनाको मृ’त्यु भएको हो । 

    images

     

    झ’डपमा परि घा’इते भएका चारजनाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवामा मृ’त्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।

    बुटवल वडा नम्बर १७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रको जग्गा क’ब्जागरि बसेकाहरुलाई ह’टाउने क्रममा आइतबार प्रहरीसँग झ’डप भएको थियो । सोही क्रममा चार सर्वसाधारको मृ’त्यु भएको मेडिकल कलेजका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिएका छन् ।

    उनका अनुसार तीन जनाको अस्पताल ल्याउँदा मृ’त्यु भइसकेको थियो भने एक जनाको उपचारका क्रममा मृ’त्यु भएको छ । उनले भने,‘घाइते भएका ८ जना सर्वसाधारण र ५ जना प्रहरी गरी १३ जनालाई मेडिकल कलेजमा ल्याइएको थियो ।

    ती मध्ये जनाको अस्पताल ल्याउँदा नै मृ’त्यु भइसकेको थियो।’ एकजनाको उपचारको क्रममा मृ’त्यु भएको हो।’ मृ’त्यु हुनेमा कपिलवस्तुको वांणगंगाका ४८ वर्षीय रमेश परियार रहेका छन् भने अन्यको पहिचान खुल्न सकेको छैन ।

    घा’इतेमध्ये एकजना सर्वसाधारणको अवस्था ग’म्भीर रहेको छ भने अरु घा’इतेहरुको अवस्था सामान्य रहेको गुरुङले जानकारी दिए । स्थानीय प्रशासनले भने मृ’त्यु भएको बारे केही जानकारी दिएको छैन ।

    रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले मृ’त्यु भएकोबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

    ’गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अ’तिक्रमण बढेको भन्दै सरकारले अस्थायी रुपमा सशस्त्र प्रहरीलाई बसाउने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार सशस्त्र प्रहरीले ठाउँ खाली गराउने क्रममा आइतबार जग्गामा बस्दै आएकाहरु वि’रोध प्र’दर्शनमा उत्रिएका थिए । 

    प्र’दर्शनकारीले ढुंगा–मुढा प्र’हार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड फा’यर गरिएको रुपन्देही प्रहरीले जनाएको छ । झ’डपपछि स्थानीय प्रशासनले आइतबार अपराह्न ४ बजेदेखि लागू हुने गरी क’र्फ्यू आदेश समेत जारी गरेको छ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology