Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, आजै शपथ

डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, आजै शपथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७८ सोमवार • ११:१७:५२ बजे
  • 622
    SHARES
  • डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, आजै शपथ

    गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन् ।

    images

    सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई मन्त्री नियुक्त गरेका हुन् । विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीय मन्त्रीको रुपमा शपथ लिने स्रोतले जानकारी दिएको छ ।

    डोबाटेको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रिपरिषद् भएको छ । संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसद्लाई मन्त्री बनाउन सकिने व्यवस्था छ ।

    ६० प्रदेशसभा सदस्उ रहेको गण्डकीमा अहिले ११ जना मन्त्री छन् ।

    गत साउनमा मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री पोखरेलले शपथका लागि तयारी गर्दै गरेका डोबाटेलाई मन्त्री नबनाएर उनको स्थानमा बिन्दुकुमार थापालाई मन्त्री बनाएका थिए , जसको चर्को आलोचना भएको थियो ।

    प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामै रहँदा उनलाई मन्त्री बनाउने निर्णय गरिएको हो ।

    प्रधानमन्त्री देउवा एक कार्यक्रमको सिलसिलामा आइतबार पोखरा गएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology