Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोतीपुर झडप: घाइते ४ प्रहरीलाई हेलिकिप्टरबाट काठमाडौं लगियो

मोतीपुर झडप: घाइते ४ प्रहरीलाई हेलिकिप्टरबाट काठमाडौं लगियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २५, २०७८ सोमवार • १३:४७:५६ बजे
  • 2.1K
    SHARES
  • मोतीपुर झडप:  घाइते ४ प्रहरीलाई हेलिकिप्टरबाट काठमाडौं लगियो

    बुटवल । आइतबार रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा गम्भीर घाइते चारजना प्रहरीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

    images

     

    उनीहरुलाई एअर डाइनास्टीको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको हो । उनीहरुको एपीएफ अस्पताल काठमाडौँमा उपचार हुने छ ।

    इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान ज्ञयराज पुन मगर तथा सशस्त्र प्रहरी बल नम्बर २८ गण कपिलबस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको हो ।

    मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको थियो ।

    झडपमा परी नेपाल प्रहरीका नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा गम्भीर घाइते ७ जना प्रहरीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत रहेको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले बताए । घाइते भएका अन्य प्रहरी भने उपचार पछि डिस्चार्ज भएका छन् ।

    सशस्त्र प्रहरीमध्ये काठमाडौं रिफर गरिएका दुई जनावाहेक अरु सबै उपचार पछि डिस्चार्ज भएका छन् । झडपमा परी १८ जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

    औद्योगिक क्षेत्रको जग्गामा सुकुमबासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।

    स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले अर्को सूचना नभएसम्मका लागि मोतिपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology