Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७८ सोमवार • १९:५४:३१ बजे
  • 727
    SHARES
  • गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

    गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमाबार साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    images

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौँ गएर प्रधानमन्त्री शेरबहादुर देउवासङ मन्त्री बनाउन सहमति लिएपछि आज बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

    विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ । यसअघि साउन ८ गते मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिममा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए ।

    काँग्रेसमा व्यक्तिवादी गुटका कारण दलित र पुरानो नेतालाई पाखा लगाएको भन्दै मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो ।

    ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा ११ मन्त्री रहेका थिए । विश्वकर्माको नियुक्तिसँगै १२ जना मन्त्री भएका छन् ।

    प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा रहेका कारण त्यसैलाई आधार मानेका १२ जना मन्त्री बनाइएको हो ।

    यसअघि पृथ्वी सुब्बा गुरुङले ७ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । आफ्नो सत्ता जोगाउन अन्तिममा आएर उनले राजिव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएर ८ सदस्यीय बनाएका थिए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology