Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुकुम नरसंहार विरुद्ध दोश्रो चरणको आन्दोलनको घोषणा

रुकुम नरसंहार विरुद्ध दोश्रो चरणको आन्दोलनको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७७ मंगलवार • ०६:५५:०६ बजे
  • 3.2K
    SHARES
  • रुकुम नरसंहार विरुद्ध दोश्रो चरणको आन्दोलनको घोषणा

    संयुक्त राजनीतिक दलित संघर्ष समितिको नेतृत्वमा जारी आन्दोलन दोश्रो चरणमा प्रवेश गरेको छ ।

    images

    दलित नागरिक समाज समेत संलग्न समितिले रुकुम पश्चिम सोती नरसंहार, अंगिरा पासी बलात्कारपछि हत्या प्रकरण र शम्भु सदाको हत्याकाण्डका दोषीलाई छिटोभन्दा छिटो कारबाही गर्न माग गर्दै दोश्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

    समाजले पीडितलाई न्याय र पीडित परिवारको सुरक्षाको पनि माग गरेका छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यी तीनै घट्नाको बारेमा सत्य, तथ्य छानबिन भएर दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्नेमा राज्य सत्ता दोषीलाई उम्काउन लागेको भन्दै खवरदारी स्वरुप आन्दोलन जारी राखेको जनाएको छ ।

    रुकुम घट्नाको पोष्टमार्टम रिपोर्टको पनि समितिले घोर भर्त्सना गरेको छ । उक्त रिपोर्ट हेर्दा आफूहरुलाई ठूलो पीडा भएको उनीहरुको भनाई छ । ६ जना युवाहरुलाई कुटी कुटी निर्ममतापूर्वक हत्या गरिएको नरसंहार जातिय कारणनै भएको समितिको ठहर छ । तर, प्रहरीले घट्नाको प्रमाण नष्ट गरेको र पोष्टमार्टममा संलग्न चिकित्सकलेपनि गलत रिपोर्ट बनाएकोमा उनीहरुले दुवैको भत्सर्ना गर्दै यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवन परियार, सांसद लक्ष्मी परियार, जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङ, नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छटुन्जेल लगायतले तिनै घट्नामा संलग्न दोषीहरुलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन राज्यसँग माग गरेका छन् । कार्यक्रममा संघर्ष समितिको तर्फवाट नेपाली जनतालाई न्यायको लागि अपील गरिएको थियो । अपील वाँच्न गर्दै साझा पार्टीका केन्द्रीय सदस्य तथा सामाजिक न्याय विभागका प्रमुख प्रकाशचन्द्र परियारले अपिल वाचन गर्दै रुकुम सोती नरसंहार दलित समुदाय माथि इतिहासकै गम्भिर मानवतावाद विरुद्धको अपराध भएको उल्लेख गरे ।

    नेता परियारले दलित समुदाय माथि भएको जघन्य हत्या विरुद्ध सडकमा जारी आन्दोलनमा गैर दलित समुदायका न्यायप्रेमी र प्रगतीशील तप्काको सहभागिताको प्रशंशा गर्दै विरोध सभामा सहभागी हुन सवैलाई आग्रह गरे । कार्यक्रममा रुकुम नरसंहारमा लगायतका घटनामा न्याय पाउन आन्दोलनको विकल्प नभएको भन्दै संयुक्त आन्दोलनमा सहभागी हुन सवैमा अपील गरिएको थियो ।

    समाजवादी दलित मुक्ति महासंघको महासचिव रणबहादुर रम्तेलले प्रेस विज्ञप्ती वाचन गरेका थिए भने नेता राम नेपालीले कार्यक्रम संचालन गरेका थिए । दोश्रो चरणको आन्दोलन अन्तर्गत भोली माइतीघरवाट वानेश्वर सम्म सिठ्ठी जुलुश गरेर सुरु गरिने जनाईएको छ ।

    साभार - मिसन नेपालबाट

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology