Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

सामाजिक सञ्जालकै भरमा गाउँका रैथाने वस्तु विदेशसम्म

सामाजिक सञ्जालकै भरमा गाउँका रैथाने वस्तु विदेशसम्म

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०८३ शनिवार • १८:०७:२४ बजे
  • 502
    SHARES
  • सामाजिक सञ्जालकै भरमा गाउँका रैथाने वस्तु विदेशसम्म

    बेनी - म्याग्दीकी उद्यमी कमला बानियाँ थापाले सञ्चालन गरेको 'थापा लोकल मार्ट' ले टिकटक र फेसबुकको प्रयोगपछि स्थानीय बजारदेखि बेलायत, अमेरिका र अष्ट्रेलियासम्म आफ्नो सामान पुर्याउन सफल भएकी छिन । 

    images

    पर्वत बेनीमा सञ्चालित यस पसलमा दुई वर्षअघिसम्म बेनी र मल्लाज क्षेत्रका सीमित ग्राहक मात्रै आउँथे । तर सामाजिक सञ्जालमा लाइभ बसेर सामान प्रचार गरेपछि कारोबार र आम्दानीमा उल्लेख्य वृद्धि भएको थापा बताउँछिन्।

    रैथाने वस्तुको बजार विस्तार
    पसलमा रातो च्याउ, टिमुर, सिलटिमुर, जिम्बु, सिमी, भट्ट, मह, भाँगो, दाल, बदाम र भिरमहजस्ता म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रका रैथाने वस्तु बिक्री हुन्छन्। स्थानीय ग्राहक पसलमै आउने गर्छन् भने देशका विभिन्न सहरमा कुरियरमार्फत सामान पठाइन्छ। विदेशमा रहेका ग्राहकका आफन्तले समेत सामान खरिद गर्न आउने गरेका छन्।
    हाल वार्षिक ३५ देखि ४० लाख रुपैयाँसम्मको कारोबार हुने र सबै खर्च कटाएर वार्षिक सात लाख रुपैयाँसम्म बचत हुने उनले जानकारी दिइन्।


    सफलताको यात्रा
    विसं २०७७ मा घरमै व्यवसाय सुरु गरेकी थापाले सुरुमा ज्ञान र सीपको कमीले घाटा व्यहोर्नुपरेको थियो। गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको वृद्धिमुखी उद्यमशीलता कार्यक्रममा सहभागी भएपछि तालिम र अध्ययन भ्रमणबाट प्राप्त सीपले व्यवसायको शैली परिवर्तन गरी सफलता मिलेको उनको अनुभव छ। ‘पहिला बजार खोज्दै सामान बेच्नुपर्थ्यो, अहिले ग्राहकले नै सामान खोज्दै सम्पर्क गर्नुहुन्छ,’ उनी भन्छिन्।

    स्थानीय किसान तथा उत्पादकबाट सामान खरिद गर्ने भएकाले गाउँका उत्पादनले बजार पाउने र उत्पादकले आम्दानी गर्ने अवसर पनि बढेको छ। व्यवसायमा उनका परिवारको सहयोगका साथै कामको चाप बढ्दा स्थानीयलाई आंशिक रोजगारी समेत दिइन्छ।


    नेपालका अन्य ठाउँमा व्यवसाय विस्तार गर्ने योजना रहेको थापाको अनुभवले इच्छाशक्ति, मेहनत र प्रविधिको सही प्रयोगले साना उद्यमले पनि ठूलो बजार पाउन सक्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

  • सम्बन्धित विषय:

  • # म्याग्दी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology