Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

खोटाङ कुवेत सम्पर्क मञ्चको सातौं अधिवेशन सम्पन्न, विष्णु भट्टराई पुनः अध्यक्षमा निर्वाचित

खोटाङ कुवेत सम्पर्क मञ्चको सातौं अधिवेशन सम्पन्न, विष्णु भट्टराई पुनः अध्यक्षमा निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०८३ शनिवार • १२:३३:१२ बजे
  • 1.2K
    SHARES
  • खोटाङ कुवेत सम्पर्क मञ्चको सातौं अधिवेशन सम्पन्न, विष्णु भट्टराई पुनः अध्यक्षमा निर्वाचित

    कुवेत – खोटाङ कुवेत सम्पर्क मञ्चको सातौं अधिवेशनबाट विष्णु प्रसाद भट्टराई पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। खैतानस्थित राजधानी होटलमा हिजो सम्पन्न अधिवेशनमा प्रमुख आतिथ्यता नेपाली राजदूतावास कुवेतकी प्रथम सचिव चण्डिका पोख्रेलको रहेको थियो ।

    images

     
    अधिवेशनको थालनीमा गत भाद्र १० गते रसुवास्थित भोटेकोसी बाढीमा परी मृत्युवरण गर्नुभएका मृतकहरूको सम्झनामा १०८ दिप प्रज्वलन गरिएको थियो । यसले विपद्मा परी ज्यान गुमाउनुभएकाहरूप्रति संस्थाको शोक र सम्मानको भाव व्यक्त गरेको छ ।

    1790337399478.jpg
    कार्यक्रममा एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत, नेपाल आदिवासी जनजाति महासंघ कुवेत, नेपाली राजनीतिक दलका वैदेशिक भातृ संगठन, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रस्तुत सांस्कृतिक झाँकी र विभिन्न सांस्कृतिक प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो ।

    1790388421755.jpg

    मन्चको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सविन दुमी राई,
    उपाध्यक्षहरू पर्शुराम घिमिरे (पण्डित), प्रकाश थुलुङ राई, राजन चाम्लिङ राई, गणेश विष्ट, कमला राई, महिला उपाध्यक्ष गुणा पुमा राई, महासचिव कुमार खड्का, उपमहासचिव किसान परियार, सचिव मणिराज राई, सहसचिवहरू विशाल मिश्र, रचना मगर, कोषाध्यक्ष दिनेश नङछिरिङ राई, सह-कोषाध्यक्षहरू रामबहादुर थापा मगर, धर्म (सन्तोष) भट्टराई, सुमित्रा चाम्लिङ राई निर्वाचित भएका छन । 
     
    मन्चको संगठन प्रमुखमा रुद्रमान राई, संगठन उपप्रमुखमा सूर्य राना मगर चयन भएका छन भने प्रवक्तामा युवराज राई, सह-प्रवक्तामा निर्मला राई र सांस्कृतिक प्रमुखमा शान्तिकला मगर,सांस्कृतिक उपप्रमुखमा अरुण चाम्लिङ राई रहेका छन ।

    त्यसैगरी मन्चको मानार्थ विशिष्ठ सल्लाहकारमा रोशन राई, संस्थापक सल्लाहकारहरू महेन्द्र दुमी राई, रेवती भट्टराई, मन्जित चाम्लिङ राई, अमित चाम्लिङ राई, बरिष्ठ सल्लाहकारहरू जीतबहादुर खड्का, केदार आलेमगर, मोहन नङछिरिन राई, उमेश बान्तवा राई, दिनेश श्रेष्ठ, यदुराज राई र सल्लाहकारहरूमा प्रेम कटवाल, इन्द्रबहादुर परियार रहेका छन । 

    मन्चको सदस्यहरू टिकाराम मुग्राती, दिपेन दाहाल, बमबहादुर खड्का, अञ्चल राई, अनिल राई, कुमारी राई, हरि श्रेष्ठ, शैकुमार राई, प्रेम मुग्राति, कविता बोहोरा, जगत राना मगर, मनोज पुमा राई, अनिल पुमा राई, योगेश राई रहेका छन । 

    सातौं अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति गठन भएसँगै खोटाङ कुवेत सम्पर्क मञ्चले आगामी दुई वर्षको कार्यकालमा कुवेतमा रहँदै आउनुभएका खोटाङलीहरूको हित, संगठन विस्तार र सामाजिक सरोकारका विषयमा काम गर्ने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology