Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जीप दुर्घटनामा मृ त्यु भएकाहरुको नामावाली सर्वाजनिक

जीप दुर्घटनामा मृ त्यु भएकाहरुको नामावाली सर्वाजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७८ सोमवार • १९:५६:०९ बजे
  • 778
    SHARES
  • जीप दुर्घटनामा मृ त्यु भएकाहरुको नामावाली सर्वाजनिक

    कास्कीको घान्द्रुकमा भएको जीप दुर्घटनामा मृ'त्यु भएकाहरुको नामावाली सर्वाजनिक गरिएको छ । गण्डकी प्रहरी प्रदेशले बिज्ञप्तिमार्फत उक्त दुर्घटनामा ८ जनाको मृ'त्यु, १ जना घाईते भएको जनाएको छ ।

    images

    सोमबार असोज २५ गते अन्दाजी १३ः ३० बजेको समयमा जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका-१० हुदुमा दुर्घटना भएको जनाएको छ ।

    नयाँपुलबाट घान्द्रुक तर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप आफै अनियन्त्रित भई पोखरा घान्द्रुक कच्ची सडक खण्डको कलडाँडा भिरको घुम्ती सडकबाट दुई सय मिटर तल खस्दा ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा जिप चालक जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका-५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री, जिल्ला काठमाण्डौ महानगरपालिका-३ गंगबु घर भई पोखरा घुम्न आएको वर्ष १८ को जिनलव घिसिङ, वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० को सुमन चौधरी वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आशिष आले रहेका छन् ।

    त्यस्तै गोरखा घर भई हाल काठमाडौं महानगरपालिक—३ गंगबु बस्ने वर्ष २७ को विनय क्षेत्री रहेका छन् । प्रहरीका अनुसार १ जना घाईते भएका छन् । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक श्रवण कमार विश्कर्माले जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटनामा मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology