Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाएनन् ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता

पाएनन् ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७८ सोमवार • १९:५९:१० बजे
  • 1.9K
    SHARES
  • पाएनन् ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता

    बागलुङको जैमिनी नगरपालिका- १ की ९० वर्षीया बसुन्धरा शर्माको यस वर्षको दसैँ खल्लो भएको छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझेर दसैँका लागि आवश्यक तयारी गर्ने योजना बनाएकी शर्माले भत्ता नपाएपछि सबै योजना भताभुंग भएका हुन् ।

    images

    बसुन्धरा निसन्तान हुन् । विवाह गरेको एक साताभित्रै श्रीमानको निधन भएपछि उनी एकल जीवन बिताउँदै आएकी छन । घरमा दुई चार पैसा कमाइदिने कोही छैनन् ।

    गत वर्षको बर्खामा पहिरोले घर भासिएपछि जैमिनी नगरपालिकाले ओत लाग्ने घर बनाइदिएको छ । तर निमेक गरेर खाने उमेर छैन । पर्दाको घडीमा काँध थाप्ने छोराछोरी छैनन् ।

    बिहान बेलुकी हातमुख जोर्ने सहयोगी सामाजिक सुरक्षा भत्ता हो । यस वर्षको दसैँमा भत्ता नपाएपछि उनी निरास बनेकी छन् । नगरपालिकाले अख्तियारी ढिला आएको भन्दै समयमै सामाजिक सुरक्षा भत्ता रकम बैंकमा पठाउन नसक्दा सामाजिक सुरक्षा भत्ताको आशामा दसैँ मनाउने विपन्न परिवारलाई समस्या भएको छ ।

    ‘हामीले बैंकको खातामा पैसा पठाइसकेका छौं, बैंकले पुर्‍याउँदै होला,’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले भने । स्थानीय तहबाट ढिला गरी रकम पठाउँदा बाँड्ने समय नपुगेको बैंक कर्मचारीको भनाइ छ ।

    कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूह भत्ता पाउनबाट वञ्चित भएका हुन् । तमानखोला गाउँपालिकाले आइतबार मात्रै बैंकमा पैसा पठाएको थियो ।

    दसैँ बिदा हुन दुई दिन मात्रै बाँकी रहँदा सामाजिक सुरक्षा भत्ताबापतको रकम बैंकमा पठाइएकाले दसैँअघि लक्षित समूहले भत्ता पाउन नसक्ने गाउँपालिकाका कर्मचारीको भनाइ छ । लेखा अधिकृतको सरुवालगायतका कारण समयमा निकासा दिन नसकेको गाउँपालिकाले जनाएको छ ।

    बरेङ गाउँपालिकामा पनि भत्ता रकम बाँड्न ढिला भएको छ । बागलुङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बाँडेको छैन । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरपालिकाले भत्ता नपठाएको जवाफ पाउने गरेका छन् । आफ्नो पेन्सन नभएका ज्येष्ठ नागरिकलाई दसैँका लागि खुद्रा बनाउने र दसैँ खर्चको जोहो गर्ने आधार भत्ता रकम हो ।

    नगरपालिकाले आइतबार साँझ मात्रा चेक पठाएको गरिमा विकास बैंक बागलुङ शाखाका प्रमुख ओमप्रकाश शर्मा पौडेलको भनाइ छ । ढिला गरी चेक प्राप्त हुँदा दसैँअघि भत्ता बाँड्न समस्या भएको हो ।

    सम्झौताअनुसार स्थानीय तहले १५ दिनअघि चेक दिनुपर्छ । चेक प्राप्त भएको १५ दिनभित्र लाभग्राहीको खातामा रकम जम्मा हुनुपर्ने शाखा प्रमुख पौडेलले बताए ।

    बागलुङको काठेखोला गाउँपालिकाको अधिकांश वडामा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ढिलो भए पनि दसैँअघि नै सबैले भत्ता पाउनेगरी १५ असोजमै बैंकमा भत्ता पठाइएको प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले बताए ।

    बैंक तथा वित्तीय संस्थामार्फत वितरण हुने भत्ता सम्बन्धित व्यक्तिको खातामा पठाउन मात्रै दुई दिन समय लाग्ने गरेको बैंक कर्मचारीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # ज्येष्ठ नागरिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology