नेपालगन्जबाट मुगुका लागि छुटेको बस यहाँस्थित छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनाग्रस्त भएको छ।
दुर्घटना आज (मंगलबार) दिउँसो २ बजेतिर भएको हो। बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।
दुर्घटनामा २२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। यस्तै दुर्घटनामा १८ जना घाइते भएको बताईएको छ।
‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’, उनले भने।
मंगलबार दिउँसो छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएको उनले बताए।
अहिलेसम्म २३ जनाको शव संकलन गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए। उनले भने, ‘घाइतेहरूको उद्धार कार्य जारी छ, हेलिकप्टर पनि मगाएका छौं। मुगुमा रहेको प्लेन पनि घाइतेहरूलाई अस्पताल लैजानका लागि रोकिएको छ।’
बस करीब २५० मिटर तल खसेको मुगु प्रहरीले जनाएको छ।