Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बस चार बल्ड्याङ खाँदासम्म होस थियो, त्यसपछि के भयो थाहा छैन , दुर्घटनाका घाइते हर्कबहादुर शाह

बस चार बल्ड्याङ खाँदासम्म होस थियो, त्यसपछि के भयो थाहा छैन , दुर्घटनाका घाइते हर्कबहादुर शाह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७८ मंगलवार • १९:२५:२४ बजे
  • 1.3K
    SHARES
  • बस चार बल्ड्याङ खाँदासम्म होस थियो, त्यसपछि के भयो थाहा छैन , दुर्घटनाका घाइते हर्कबहादुर शाह

    ‘बस गुडिरहेको थियो । अगाडि चालक (ड्राइभर सीट) नजिकै बसेको थिए । एक्कासी केही पड्किएको आवाज आयो । त्यसपछि गाडी अनियन्त्रित भएर पल्टियो ।

    images

    चार बल्ड्याङ खाँदासम्म होस थियो । त्यस पछि के भयो थाहा छैन,’ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत मुगु दुर्घटनाका घाइते मुगु रोवा घर बताउने हर्कबहादुर शाहको भनाइ हो यो ।

    कहाली लाग्दो दुर्घटनामा बाँचेर उद्धार भई नेपालगञ्ज अस्पतालको बेडमा पुगेपछि शाहले दुर्घटना हुँदाखेरीको अवस्था बताएका हुन् । उनको भनाइमा चालकले राम्रै चलाएका थिए ।

    ‘दुर्घटनामा ड्राइभरको दोष भएजस्तो लाग्दैन,’ उनी सुनाउँछन् । मंगलबार अपराह्न भएको मुगु दुर्घटनामा घाइते भएकालाई नेपालगञ्ज ल्याइएको छ ।

    तीमध्ये चार जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएका पाँचमध्ये तीन जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिए ।

    यसैगरी कोहलपुर पुर्‍याइएका थप एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले दिएको जानकारीअनुसार घाइते मध्ये ११ जना कोहलपुर शिक्षण अस्पतालमा र ५ जनालाई नेपालगन्ज शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology