Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुगुमा भएको बस दु’र्घटनामा मृ’त्यु भएका ३२ जनामध्ये २४ जनाको स’नाखत ,मृ’तकमा २ बर्षीय बालक पनि

मुगुमा भएको बस दु’र्घटनामा मृ’त्यु भएका ३२ जनामध्ये २४ जनाको स’नाखत ,मृ’तकमा २ बर्षीय बालक पनि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २७, २०७८ बुधवार • ०९:१५:१४ बजे
  • 874
    SHARES
  • मुगुमा भएको बस दु’र्घटनामा मृ’त्यु भएका ३२ जनामध्ये २४ जनाको स’नाखत ,मृ’तकमा २ बर्षीय बालक पनि

    मुगु । मुगुमा भएको बस दु’र्घटनामा मृ’त्यु भएका ३२ जनामध्ये २४ जनाको स’नाखत भएको प्रहरीले जनाएको छ ।

    images

     

    मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दु’र्घटना हुँदा ३२ जनाको मृ’त्यु भएको थियो । यो घ’टनाबाट मुगु शो’कमा डुबेको छ ।

    दु’र्घटनामा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्न सेजुवाल, उनका २ वर्षका छोरा, २१ वर्षीया अमृता शाही राणा, ५ वर्षीय आयुष राणा, २२ वर्षीय महेन्द्र शाही र २० वर्षीया मनदेवी बमको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

    यस्तै, छायानाथ रारा नगरपालिका १० की १८ वर्षीया पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षीया प्यारी विक (कामी), ३५ वर्षीय दानबहादुर रावल र २२ वर्षीय सन्तोष बिकालुको मृत्यु भएको छ । वडा नम्बर १० कै २० वर्षीया सरिता खड्का, १८ वर्षीय अमर साउद र २२ वर्षीय सुनबहादुर विकको पनि मृ’त्यु भएको छ ।

    मृत्यु हुनेहरुमा छायानाथ रारा नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय छाता साउद, वडा नम्बर १४ का २२ वर्षीय कर्णसिंह बुढा, १९ वर्षीय शिव बुढा र २० वर्षीय रुपसिंह कार्की, वडा नम्बर १ की २३ वर्षीया चन्द्रा मल्ल, वडा नम्बर ६ की १९ वर्षीया राममाया धामी, वडा नम्बर ११ का २२ वर्षीय प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षीय अजय कार्की र ३२ वर्षीया कमला बीसी राउतको ज्या’न गएको छ ।

    यस्तै, दु’र्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षीय मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षीय प्रदीप स्वर्णकारको पनि ज्या’न गएको छ । दुर्घटनामा ज्या’न गु’माएका अन्यको भने स’नाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।

    मुगु, कास्की र अछाममा भएका दु’र्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘दु’र्घटनामा ज्या’न गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शो’क सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दु’र्घटनामा मृ’त्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ ।’

    उनले सडक दु’र्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् । मंगलबार मुगुमा भएको बस दु’र्घटनामा ३२ जनाको ज्या’न गएको थियो ।

    यसैगरी सोमबार कास्कीमा आठ जना र अछाममा चार जनाको मृ’त्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मुगु बस दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology