Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नवरात्रिको आठौं दिन आज महाअष्टमी पर्व

नवरात्रिको आठौं दिन आज महाअष्टमी पर्व

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७८ बुधवार • १०:०८:२८ बजे
  • 952
    SHARES
  • नवरात्रिको आठौं दिन आज महाअष्टमी पर्व

    नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली अष्टमीका दिन उत्पन्न भएको भनी पूजा गर्ने चलन छ।

    images

    पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। (मांसाशनं ये कुर्वन्ति तैः कार्यं पशुहिंसंनम्म, हिषाजवराहाणां वलिर्दानं विशिष्यते्र्र देवीभागवत नवरात्रप्रकरण) यी दिनहरूमा मानिसहरू आ(आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्।

    शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गरी पूजा गर्दछन्। काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दशैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र ५४ बोका बलि अर्पण गरिन्छ।

    देवी देवताहरूलाई अर्पण गरेको मांसभक्षण गर्नुलाई दोषी मानिन्न्रअभ्यर्च्य पितृदेवानां खादन्मांसं न दोषभाक्र्र (मनुस्मृति) भनिन्छ। महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गर्ने गरिन्छ।

    धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्। वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौन्दर्यताको संगम हो। वेदमा आयुधको बारेमा प्रशस्त चर्चा गरेको पाइन्छ।

    असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनोसामाजिक सन्देश बोकेको यो चाडको आफ्नै किसिमको विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैंको महिमा गाउन सकिन्छ ।

    वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ ।

    दुर्गा शक्तिकी प्रतीक । हामीकहाँ तिहारमा लक्ष्मी अर्थात् धनकी देवी, सरस्वती पूजा अर्थात् विद्याकी देवी र दशैंमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा, यी तीन कुरा अर्थात् शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन् ।

    भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छौँ ।

    हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध (हतियार)हरू छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ भनिन्छ।

    हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजा मात्र नभएर उठाउन पनि तयार छन् ।

    त्यस्तै, देशका विभिन्न दुर्गा मन्दिरहरूमा धुमधाम पूजाआजाका साथै राङ्गा, बोकाको बलि पनि चढाइन्छ । सुदूूरपश्चिमको प्रमुख शक्तिपिठ निङ्गलाशैनी मन्दिरमा लगभग १३०० राङ्गा र ४०० बोकाको बलि चढाइन्छ।

  • सम्बन्धित विषय:

  • # नवरात्रिको आठौं दिन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology