Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

थप ३६५ जनामा काेराेना पुष्टि, ६०९ जना संक्रमणमुक्त

थप ३६५ जनामा काेराेना पुष्टि, ६०९ जना संक्रमणमुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७८ बुधवार • १८:००:१४ बजे
  • 664
    SHARES
  • थप ३६५ जनामा काेराेना पुष्टि, ६०९ जना संक्रमणमुक्त

    नेपालमा २४ घन्टाको अवधिमा ३६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ३ हजार ६७१ आरटी पिसिआर र १ हजार ९२३ एन्टिजेन गरी कुल ५ हजार ५९४ जनामा परीक्षण गरिएकोमा ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १४ हजार २६७ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १३ हजार १७२ जना होम आइसोलेसनमा, १ हजार ९५ संस्थागत आइसोलेसनमा र २३२ जना क्वारेन्टिनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१५ जना र भेन्टिलेटरमा १०७ जना उपचाररत छन् । मन्त्रालयकाअनुसार बुधबार देशभरबाट ६०९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ७८ हजार ३५० पुगेको छ ।

    निको हुने दर ९६.८ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा ४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology