Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालबाहेक अन्य केही देशमा पनि मनाइन्छ दसैं

नेपालबाहेक अन्य केही देशमा पनि मनाइन्छ दसैं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७८ बिहिवार • ०९:४३:१९ बजे
  • 748
    SHARES
  • नेपालबाहेक अन्य केही देशमा पनि मनाइन्छ दसैं

    एजेन्सी/हिन्दुहरूको महान पर्व दशै नेपालमा मात्र नभएर अन्य केही देशमा पनि मनाइन्छ । हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन् । छिमेकी मुलुक भारतका विभिन्न राज्यमा फरक फरक ढंगले दशै मनाइन्छ ।

    images

    भारतमा विशेषगरि नवदुर्गाको पुजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टिका लगाइन्छ । भारतबाहेक वंगलादेश बर्मा, थाइलेन्ड, भुटान, श्रीलंका र मलेसियामा पनि दसैं मनाइन्छ ।

    मनाउने शैलीे फरक भए पनि अधिकांशले नवदुर्गाको पुजा आरधना गर्छन् । पश्चिम बंगालमा नवदुर्गा पूजाको आरधना गरेर मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ ।

    सप्तमी, अष्टमी र नवमीमा दुर्गाको पूजा हुन्छ । आंध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसै मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ ।

    पहिला तीन दिन धन र समृद्धिकी देवी लक्ष्मीको आरधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पुजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पुजा गरिन्छ । गुजरातमा दसैको अवसरमा गरबा नृत्य गरिन्छ । त्यस्तै, महाराष्ट्रमा देवीको पुजा आराधना गरेर मनाइन्छ ।

    कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्रि मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म उपवास बस्छन् । भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्छन् ।

    नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य हुन्छ । करिब १ लाख नेपालभाषी रहेको बर्मामा पनि दसै मनाइन्छ ।

    नेपालभाषीको बाहुल्यता रहेको पूर्वराजधानी सहर यांगुन, मन्डला पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैं मनाइन्छ । वर्मापछि वंगलादेशमा पनि दसैं मनाइन्छ ।

    १६ करोड जनसंख्या भएको वंगलादेशमा १४ प्रतिशत हिन्दु धर्मालम्बी छन् । हिन्दु धर्मालम्बीले नवदुर्गाको पुजा आरधना गर्छन् । वंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टिका लगाउँदैनन् ।

    त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दुहरूले दसैं मनाउँछन् । त्यसैगरी मलेसिया, थाइलेन्ड इन्डोनेसियाका हिन्दुहरुले मनाउँछन् ।

  • सम्बन्धित विषय:

  • # महान पर्व दशै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology