सिरहामा इनारभित्र एक युवकको शव भेटिएको छ । सिरहाको नरहा गाउँपालिका वडा नं. ३ मा रहेको एक इनारभित्र २० वर्षीय युवकको शव आज बिहान फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मृतक युवक गोलबजार नगरपालिका– ८ बस्ने २० वर्षीय शत्रुधन महतो रहेका छन् । महतोलाई इनारभित्र मृत देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
खबरलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले महतोको शव निकालेर पोष्टमार्टमका लागि पठाएको जनाइएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठका अनुसार ती युवक हिजो शुक्रबार नजिकैको स्थानमा झिझिया नाच हेर्न गएका थिए ।
उनी कसरी इनारभित्र खसे भन्ने पत्ता लाग्न सकेको छैन । सायद भीडभाडका क्रममा इनारभित्र खसेको हुनसक्छ ।
नाच हेर्ने क्रममा नाच हेर्ने क्रममा केही युवकबीच झगडा समेत भएको बुझिएको छ ।
अरु दुई जना पनि इनारभित्र खसेको भन्ने जानकारी आए पनि यससम्बन्धमा थप अनुसन्धान भइरहेको र अनि मात्र ती युवकको मृत्युको कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ ।