Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रूकुम पश्चिममा युवा र प्रहरी बीच झ'डप हुदाँ प्रहरी सहायक निरीक्षकसहित ७ प्रहरी घाइते

रूकुम पश्चिममा युवा र प्रहरी बीच झ'डप हुदाँ प्रहरी सहायक निरीक्षकसहित ७ प्रहरी घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३०, २०७८ शनिवार • १७:३८:०६ बजे
  • 826
    SHARES
  • रूकुम पश्चिममा युवा र प्रहरी बीच झ'डप हुदाँ प्रहरी सहायक निरीक्षकसहित ७ प्रहरी घाइते

    रुकुम । रूकुम पश्चिममा युवा र प्रहरी बीच झ'डप हुदाँ प्रहरी सहायक निरीक्षकसहित ७ प्रहरी घाइते भएका छन् ।

    images

     

    म'दिराले मा'तेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झ'डप भएको हो । गएराति मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुं'गा र बि'यरको बोतल प्र'हार गरेर सिसा फु'टाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो।

    झ'डपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

    घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ।

    बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। चार जना भागेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology