Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मिनी बस दुर्घटना : २ जनाको मृत्यु, ९ जना घाइते

मिनी बस दुर्घटना : २ जनाको मृत्यु, ९ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७८ शनिवार • २०:४६:५० बजे
  • 907
    SHARES
  • मिनी बस दुर्घटना : २ जनाको मृत्यु, ९ जना घाइते

     दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडाबाट सुर्खेत आउँदै गरेको मिनी बस वीरेन्द्रनगर- १४ स्थित लादेमा दुर्घटना भएको छ । देउती नागरिक यातायात प्रालिको ०२००१ ख ०१६६ नम्बरको मिनिवस आज बेलुका ४ बजे सुर्खेत दैलेख सडकको लादेमा दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्य भएको छ भने ९ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका- ११ का १८ वर्षीय शुसिल रावत रहेको र अर्काे एक जना महिलाको सनाखत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।

    घाइतेहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँ र देउती अस्पतालमा उपचार भैरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बस सडकबाट नालामा खस्दा पल्टिएको हो ।

    घटनापछि चालक र सहचालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।

    पूर्व–पश्चिम राजमार्ग : दुर्घटनामा तीनको मृत्यु

    सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई र शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा। ५६ प २५१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुवै मोटरसाइकलमा सवार एक÷एक जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा बा। ५६ प २५१५ नम्बरको मोटरसाइकल सवार झापाको शिवसतासी नगरपालिका–६ बस्ने २२ वर्षीय विवेक सापकोटा र स. ५ प ८४३४ नम्बरको मोटरसाइकल सवार झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २१ का दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

    महोत्तरीको मटिहानी नगरपालिका–७ बस्ने ३५ वर्षीय चन्दनकुमार साह गम्भिर घाइते भएका छन् । घाइतेलाई उपचारार्थ विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भएको छ ।

    यसैगरी शम्भुनाथ नगरपालिका–८ मिलन चोकमा भएको दुर्घटनामा स।२ प ३३३३ नम्बरको मोटरसाइकल पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट ना.५ ख ९००० नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । बसको ठक्करले गम्भिर घाइते मण्डललाई सप्तऋषि अस्पताल लहानमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको थियो ।

    उपचारको क्रममा मण्डलको मृत्यु भएको प्रनाउ काफ्लेले बताउनुभयो । मोटरसाईकल चालक बलान बिहुल गाउँपालिका–६ रौतहटका ३२ वर्षीय अमरनाथ यादव सामान्य घाइते भएका छन् । दुर्घटनाग्रस्त बस नियन्त्रणमा लिनुका साथै चालक चितवनको माडी नगरपालिका–४ का ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मिनी बस दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology