Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आइतबार बिहानै गोरखा केन्द्रविन्दु भएर भूकम्प

आइतबार बिहानै गोरखा केन्द्रविन्दु भएर भूकम्प

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३१, २०७८ आइतवार • ११:३५:०८ बजे
  • 970
    SHARES
  • आइतबार बिहानै गोरखा केन्द्रविन्दु भएर भूकम्प

    पोखरा । आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    images

     

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजे ९ मिनेट जाँदा गएको भूकम्प ४.३ म्याग्निच्युड मापन गरिएको छ । यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    यो पनि हेर्नुस

    न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आज देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गर्दै सातवटै प्रदेशको केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    अहिले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेश र प्रदेश १ र २ मा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य वदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    विभागले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

    आज राति देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सोमबार भने सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मंगलबार पश्चिम नेपालसहित पूर्वी नेपालमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाइ छ ।

    हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology