धनगढी । कैलालीमा मोटरसाइकल दु'र्घटना हुँदा दुई जनाको मृ'त्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–२ विकास टोलमा तीन जना सवार से ६ प १९३१ नम्बरको मोटरसाइकल दु'र्घटना हँदा चालकसहित दुई जनाको मृ'त्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दु'र्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृ'त्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घा'इते भएका दुवै जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृ'त्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार टीकापुरकै १९ वर्षीय आशिष मगरको भने कोहलपुरमा उपचार भइरहेको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइकल दु'र्घटना भएको प्रहरीको भनाइ छ ।
यसै गरी मकवानपुरमा टाटा सुमो दु'र्घटना हुँदा दुई जनाको मृ'त्यु भएको छ भने ८ जना घा'इते भएका छन् ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा शनिबार बेलुका दुर्घटना हुँदा दुई जनाको घ'टनास्थलमै मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा काठमाडौं महानगरपालिका-१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया-७ का ४५ वर्षीय राम सहनीको रहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घाइते चार जनालाई उपचार गर्न ललितपुरको स्टार अस्पताल ल्याइएको छ । अन्य ४ जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।