गैरआवासीय नेपाली सङघ (एनआरएनए) को निर्वाचन ३० नोभेम्बरमा हुने भएको छ ।
एनआरएनएका महासचिव बद्री केसीका अनुसार तत्कालका लागि रोकिएको निर्वाचन कार्यक्रम प्रतिनिधि छनोट लगायतका समस्याहरु समाधान गरी नोभेम्बर ३० मा गर्ने निर्णय गरिएको हो ।
शनिबार भएको भर्चुअल बैठकले वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको उनले बताए । एनआरएनएले अक्टोबर महिनामा नै निर्वाचन गर्ने गरी तयारी थाले पनि प्रतिनिधि छनोटमा बिवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचनका कार्यक्रम रोक्न भनेको थियो ।
एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचन अक्टोबर महिनामा नै हुनुपर्ने थियो ।
यस अघि १०औँ महाधिवेशन तथा निर्वाचन २३ देखि २५ अक्टोबरमा गर्ने निर्णय भएपनि परराष्ट्र मा उजूरी परेको थियो । मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।