Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट मृत्यु

देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७९ पुग्यो

देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७९ पुग्यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २६, २०७७ सोमवार • २३:०३:०६ बजे
  • 2.0K
    SHARES
  • देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७९ पुग्यो
    देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७९ पुगेकाे छ । सोमबार कोरोना संक्रमित थप चारजनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई महिला र दुई पुरुषको मृत्यु भएको हो ।मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका– १० का ७६ वर्षीय पुरुषको सोमबार मेडिकेयर अस्पतालमा निधन भएको हाे।

    बाँके जिल्ला कोहलपुर नगरपालिका– २ की ७० वर्षीया महिलाकाे नेपालगन्ज मेडिकल कलेजमा आइतबार मृत्यु भएको हो । उनी उच्च रक्तचापको बिरामी भएको गौतमले जानकारी दिए । 
    त्यसैगरी काठमाडौंको कीर्तिपुर नगरपालिकाका ६४ वर्षीय पुरुषको पनि सोमबार निधन भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

    त्यसैगरी पर्सा जिल्लाकी ४५ वर्षीया महिलाको पनि आइतबार निधन भएको छ । नारायणी कोभिड अस्थायी अस्पतालमा उनको निधन भएको हो । 


    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology