Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर ह त्या

नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर ह त्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७८ आइतवार • १७:०७:५८ बजे
  • 706
    SHARES
  • नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर ह त्या

    नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँ टी रे टे र ह त्या गरिएको छ ।

    images

    सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको शव धनुषाको नगराईन नगरपालिका–५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँटी रेटेर ह त्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको छ ।

    शनिबार राति नै कसैले घाँटी रेटेर पण्डितको ह त्या गरेको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए ।

    आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले घटना स्थलमा पुगि अनुसन्धान थालेको उनले बताए ।

    प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको छ । मृतक पण्डितको ससुराली धनुषाको पौडेश्वरमा रहेको छ ।

    पौडेशरबाट नगराइन गएको वा आफ्नो घर सिरहाको मिर्चैयाबाट त्यहाँ एकै चोटि पुगेको अहिलेसम्म केही नखुलेको उनले बताए ।

    घटनाको सम्बन्धमा पीडित परिवारजनहरूसँग जानकारी लिने काम भइरहेको र मृ तक को मोबाइलसमेत बरामद भएकोले त्यसको आधारमा घटनाको अनुसन्धान अगाडी बढाइएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # घाँटी रेटेर हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology