Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते,४ जनाको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते,४ जनाको अवस्था गम्भीर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३१, २०७८ आइतवार • १८:०८:३९ बजे
  • 1.4K
    SHARES
  • सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते,४ जनाको अवस्था गम्भीर

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै आइतबार दुर्घटना भएको छ ।

    images

     

    बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित ४ जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    काठमाडौं, धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आउँदै गरेको थियो ।

    यो पनि हेर्नुस

    सुनसरीको धरान उपमहानगगरपालिका–४ छोटी मोरङबाट उडेको प्याराग्लाडिङ सप्तकोसी नदी किनारामा खस्दा वडाध्यक्षसमेत रहेका चालक रोशन अधिकारी गम्भीर घाइते भएका छन् ।

    प्याराग्लाइडिङ उडाउँदै धरान–१४ स्थित विजयपुरको मैदानमा अवतरण हुनुपर्नेमा आइतबार दिउँसो अचानक आएको पानीसँगै हावाहुरीले धकेलेर करिब २५ किलोमिटर पश्चिममा पर्ने उदयपुरको बेलाका नगरपालिका क्षेत्रको लाहुरे खोच नजिकै कोसी नदीको किनारमा दुर्घटनाग्रस्त भएको थियो ।

    ४८ वर्षीय अधिकारी धरान–१ का वडाध्यक्ष हुन् । उनको स्काई एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले छोटीमोरङबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान गर्दै आएको छ ।

    अध्यक्ष अधिकारी स्वयम्‌ले सोलो पाइलटको तालिम लिएकोले बेलाबेलामा आफै पनि उड्दै आएका थिए । घाइते वडाध्यक्ष अधिकारीलाई बेलकाबाट उद्धार गरेर प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरेको छ

    प्रहरीका अनुसार उनको कम्मरमा गम्भीर चोट लागेको छ । उनको ढाडमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology