Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुपन्देहीमा छिमेकीसँग जिस्किँदै उचालेर पछार्दा एक व्यक्तिको ज्यान गयो

रुपन्देहीमा छिमेकीसँग जिस्किँदै उचालेर पछार्दा एक व्यक्तिको ज्यान गयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७७ सोमवार • २३:०९:५८ बजे
  • 1.9K
    SHARES
  • रुपन्देहीमा छिमेकीसँग जिस्किँदै उचालेर पछार्दा एक व्यक्तिको ज्यान गयो
    रुपन्देहीमा छिमेकीसँग जिस्किँदै उचालेर पछार्दा एक व्यक्तिको ज्यान गएको छ ।

    रक्सी सेवन गरी छिमेकीसँग जिस्किँदै उचालेर पछार्दा सियारी गाउँपालिका– ३ सीतापुरका ५५ वर्षीय जंगबहादुर बेलदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडकबहादुर खड्काले जानकारी दिए ।

    छिमेकी ४० वर्षीय ओमप्रकाश यादवले मादक पदार्थ सेवन गरी हँसिमजाकमा उचालेर पछार्दा बेलदारको सोमबार ज्यान गएको हो ।  प्रहरीका अनुसार भुइँमा पछारिँदा बेलदारको ढाड र कम्मरमा गम्भीर चोट लागेको थियो ।

    घाइते भएका उनलाई उपचारका लागि मेडिकल कलेज भैरहवा लगिए पनी उपचार सम्भव नहुने र सुविधायुक्त अस्पतालमा लैजान सुझाब दिएपछी आर्थिक अवस्था कमजोर भएका कारण बेलदारका छोराहरूले उनलाई सुविधायुक्त अस्पताल नलगी घरमै ल्याएर राखेका थिए । सोही क्रममा उनको सोमबार मृत्यु भएको हो ।

    घटनामा संलग्न यादवलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology