Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा बुढीबजारमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा बुढीबजारमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १, २०७८ सोमवार • १२:१२:०५ बजे
  • 1.3K
    SHARES
  • पोखरा बुढीबजारमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    पोखरा । पोखरा महानगरको बुढीबजारमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

    images

     

    पोखरा महानगरपालिका २६ बुढीबजार स्थित ग १ च ६८७८ को जिपले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिंदा एकजनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा मोटरसाइकल चालक कास्की मादी गाउँपालिका -५ मिजुरे निवासी ४७ वर्षीय सुर्यबहादुर क्षेत्री रहेका छन् । उनको घटनास्थलमै ज्यान गएको हो।

    कास्की प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सन्दिप केसी गम्भीर घाइते छन् ।

    प्रहरीले ठक्कर दिने जिपलाई नियन्त्रणमा लिएको छ भने, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको जनाएको छ

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology