Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माटोको ढिस्कोले पुरिएर डोल्पामा २० वर्षिय युवाको निधन

माटोको ढिस्कोले पुरिएर डोल्पामा २० वर्षिय युवाको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७७ सोमवार • २३:१३:३९ बजे
  • 865
    SHARES
  • माटोको ढिस्कोले पुरिएर डोल्पामा  २० वर्षिय युवाको निधन
    माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एक २० वर्षिय युवाको निधन भएको छ ।

    त्रिपुरासुन्दरी नगरपालिका– २ रसीका २० वर्षीय दीपक बुढाको सोमबार माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पालए जानकारी दिए ।

    ढिस्कोमा दुईजना पुरिएकोमा एकजनाको उद्धार गरिएको डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले बताए ।बुढासँगै गएका ३९ वर्षीय कर्णबहादुर बोहोरा भने घाइते भएका छन् । उनको दायाँ खुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology